पुनरावेदनद्वारा विभिन्न निकाय निरीक्षण
सर्लाही समाचारदाता
मलंगवा, चैत ०९ । पुनरावेदन अदालत जनकपुरको टोलीले सर्लाहीका न्यायिक र अद्र्धन्यायिक निकायहरुमा निरीक्षण सुरु गरेको छ ।
पुनरावेदन अदालत जनकपुरका न्यायाधिश हरिकुमार पोखरेलको नेतृत्वमा आएको टोलीले आइतबारबाट निरीक्षण सुरु गरेको हो । जिल्ला अदालत एवं अद्र्धन्यायीक निकायको रुपमा काम गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, भूमिसुधार कार्यालय लगायत कार्यालयहरुमा टोलीले निरीक्षण सुरु गरेको हो ।
आइतबारदेखि निरीक्षण सुरु गरेको टोली राती सदरमुकाम मलंगवामै बास बसेको छ । न्यायिक र अद्र्धन्यायिक सबै निकायहरुको निरीक्षण सम्पन्न गरेर टोली फर्कने जिल्ला न्यायाधिश कृष्णकमल अधिकारीले बताए ।
मुद्धाहरुमा प्रकृयागत ढंगले आदेश वा फैसला भएका छन् कि छैनन् लगायत विभिन्न विषयमा टोलीले कागजात हेर्ने र प्रतिवेदन तयार पारी सम्बन्धित कार्यालयमा दिने प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । ‘‘यो नियमित क्रियाकलाप हो, पुनरावेदन अदालतले हरेक वर्ष न्यायिक र अद्र्धन्यायीक निकायहरुको निरीक्षण गर्छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘निरीक्षण पछि कैफियत सहित उपलब्ध हुने प्रतिवेदनलाई हामीले पालना गर्नुपर्छ ।’’ अद्र्धन्यायिक निकाय भएकाले कतिपय मुद्धाहरुको प्रकृयामा अन्जानबस् त्रुटी हुने हुदा न्यायाधिश सहित न्यायिक क्षेत्रका अधिकारीहरुबाट निरीक्षण भई आवश्यक सुझाव आउँदा आगामी दिनमा काम गर्न समेत सहज हुने प्रअिज घिमिरेले बताए ।
No comments:
Post a Comment