Saturday, March 22, 2014

व्यवस्थापकीय समस्या तथा समधान अन्तक्रिया

व्यवस्थापकीय समस्या तथा समधान अन्तक्रिया
सर्लाही समाचारदाता
हरिपुर, चैत ०८ ।  मुलुकमा कायम रहेको दोहोरो शिक्षा नीतिले शिक्षा क्षेत्रमा झन समस्या उब्जाएको शनिवारहरिपुरमा भएको अन्तक्रियाका बत्ताहरुले बताएका छन् ।
हरिपुर–७ सखुवामा रहेको जनता प्राथमिक विद्यालयले आयोजना गरेको व्यवस्थापकिय समस्या तथा समाधान विषयक अन्तक्रियाका वक्ताहरुले गुणस्तरीय शिक्षको लागी अभिभावक शिक्षक लगायत पक्षले नैतिक जिम्मेवारी सम्झेर अघि बढ्नुपर्ने बताएका थिए ।
अन्तक्रियाका सहभागीहरुले विद्यालयको व्यवस्थापकीय समस्या समाधानका लागी सामस्याको कारण खोजी आन्तरिक एवं बाह्य सहयोग जुटाउन सक्नु पर्नेमा जोड दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवनाथ कडरियाको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको अन्तक्रियामा एकिकृत माओवादीका प्रल्हाद बुढाथोकी, एमालेका सुरेन्द्र लामा, शिक्षक विष्णु चालिसे, स्रोत व्यक्ति नरेन्द्र भट्राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्र यादव, दिगोजडिबुटी केन्द्र सासापुरका अध्यक्ष कासिनाथ पौडेल, लगायतले मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment