चोरीको भारतीय जीप राजश्वमा
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ३० । इलाका प्रहरी कार्यालय लालबन्दीले चोरीको भारतीय जीप बरामद् गरि राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
गत बुधबार लालबन्दी गाविस–१ बजार क्षेत्रमा पार्किङ गरेर राखिएको अवस्थामा बरामद् गरिएको जीप राजश्व अनुसन्धान कार्यालय बुझाईएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णुराज सोतीले बताए । बरामद् जीप चोरीको भएको आशंकामा दुईदिनसम्म अनुसन्धान गर्दा निश्चित भएपछि राजश्व अनुसन्धान पठाइएको प्रहरीले जनाएको छ ।
बी आर ०६ पी बी १०२५ नम्बरको बलेरो जीपको १८ लाख मुल्यांकन गरेर प्रहरीले राजश्व अनुसन्धान कार्यालय बर्दिबास चेकपोष्टमा शुक्रबार बुझाएको हो ।
No comments:
Post a Comment