कृषि सहकारीको साधारण सभा सम्पन्न
सर्लाही समाचारदाता
नेत्रगंज, चैत ०६ । अमर शान्ति जीविकोपार्जन महिला कृषि सहकारी संस्था नेत्रगंज–९ को विहिबार प्रथम साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष चनमाया पाख्रिनको अध्यक्षता तथा गाविस सचिव गोपाल थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाकी कोषाध्यक्ष शान्तिमाया लामाले एक लाख १९ हजार ८ सय बरावरको आर्थिक कारोवार प्रस्तुत गरेकी थिइन् । साधारण सभामा नन्देश्वर बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गंगामाया खड्का, नन्देश्वर सामुदायिक वनका अध्यक्ष भीम पौडेल, हिमाल कबुलियती वनका अध्यक्ष असर्फी महतो लगायतले मन्तव्य राखेका थिए ।
बक्ताहरुले कृषि सहकारीमा आर्थिक क्रान्ती मात्र नभई समाज क्रान्तीको समेत आवश्यकता औँल्याएका संचारकर्मी प्रेमनाथ पौडेलले जनाएका छन् । विहिबारको साधारण सभाले ऋण समिति र लेला समिति गठन गर्नुका साथै पुन पाख्रिनको अध्यक्षतामा सदस्यीय दुई जना थप गरी कार्य समिति गठन गरिएको छ ।
No comments:
Post a Comment