Saturday, March 22, 2014

निःशुल्क स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर
सर्लाही समाचारदाता
डुमरिया, चैत ०८ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने गडहीया डुमरीया गाविसमा शनिवार  दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । यूएनडीपीको आयोजनामा शिविर सुरु भएको स्थानीय मुकुन्द सिंहले जानकारी दिए । शिविरमा मुटुको निशुल्क जाँचका साथै औषधीको व्यवस्था समेत मिलाईएको आयोजकले जनाएको छ ।
  काठमाण्डौको एक अस्पतालबाट चिकित्सक रवी मल्लको नेतृत्वमा आएको टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा गडरीया डुमरीयाका साथै बलरा, हथियौल लगायत आसपासका सर्वसाधारण पनि लाभान्वित भएका छन् ।

No comments:

Post a Comment