सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । जिल्लाका चार छुट्टा–छेट्टै स्थानमा आइतवार भएको आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको छ । त्रिभुवननगर, महिनाथपुर, पत्थरकोट र अत्रौली गाविसमा आगलागी भएको हो ।
त्रिभुवननगर गाविसमा आगालागीमा परि दुईजना व्यक्ति समेत घाईते भएका छन् । त्रिभुवननगर वडानम्वर १ स्थित मठमा भएको आगलागी परी दुई जना घाईते भएका हुन् । आगलागीमा परि गुठीका पुजारी भारत दरभंगाका ५५ वर्षीय रामसागर दास र ३५ वर्षीय प्रल्हाद सुनार सक्त घाईते भएका हुन् । घाईते दुबैको भारतमा उपचार भैरहेको प्रहरी चौकी त्रिभुवननगरले जनाएको छ ।
आगालागीबाट गुठीमा ५० हजार रुपैँया बराबरको क्षति भएको छ । आगलागीको कारण खुल्न नसकेपनि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । त्यस्तै महिनाथपुर गाविस वडा नम्वर ८ मा आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । स्थानीय शम्भुप्रसाद यादवको घरमा खाना पकाउने क्रममा चुलोबाट सल्किएको आगलागीबाट दुई वटा घर जलेर ध्वस्त भएको हो । आगालागीबाट यादवको फुसको घर जलेर नष्ट हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको छ । आगलागीबाट छिमेकी कामेश्वर रायको पनि खपडाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । रायको घरमा आगलागी हँुँदा तीन लाख ५० हजार भन्दा बढी क्षति भएको छ । ईलाका प्रहरी कार्यालय हरकठ्वा र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिए ।
त्यस्तै अत्रौली वडा नम्वर ९ मा आगलागी हँुदा कुशवीर माझीको घर जलेर नष्ट भएको स्थानीय मानव भण्डारीले जानकारी दिए । यता पत्थरकोट गाविसको लखन्देही नदी किनारमा रहेको चरिचरण निषेधित क्षेत्रमा पनि भिषण आगलागी भएको छ । चरिचरण निषेधित समितिका अध्यक्ष भोला भुजेलले आफ्नो निजी बाँस झ्याँङमा आगो लगाउँदा हावाहुरीले चरिचरण क्षेत्रमा आगो फैलिएको हो । आगालागीबाट वडा नम्वर ५ र ६ मा पर्ने चरिचरण निषेधित क्षेत्रमा लगाएको खयर, मसला, सिसौ लगायत सयौँ साना बोटबिरुवा जलेको छ ।
No comments:
Post a Comment