Saturday, March 22, 2014

‘मेरो शरिर, मेरो अधिकार’

‘मेरो शरिर, मेरो अधिकार’
सर्लाही समाचारदाता
लालबन्दी, चैत ०७ । एम्नेष्टि इन्टरनेशनल नेपाल समूह ७८ लालबन्दीले शुक्रबार हस्ताक्षर संकलन गरेको छ ।
‘मेरो शरिर, मेरो अधिकार’ भन्ने नाराका साथ पाठेधर झर्ने समस्या भएका महिलाहरुको उपचारमा राज्यले उचित ध्यान दिनुपर्ने मागका साथ हस्ताक्षर संकलन गरिएको एम्नेष्टि इन्टरनेशनल लालबन्दीका युथ नेटवर्क संयोजक समिर सुवेदीले बताए । एकहजार जनाभन्दा बढीको हस्ताक्षर सहितको लिखित पत्र संकलन गरिएको र उक्त पत्र केही दिनभित्रै एम्नेष्टिको केन्द्रिय कार्यालयमा पठाईने सुवेदीले बताए ।
कार्यक्रममा जनज्योति यूथ नेटवर्क र शान्तिद्विप यूथ नेटवर्क लालबन्दीले पनि हस्ताक्षर अभियानमा सहयोग पु¥याएका थिए ।

No comments:

Post a Comment