को–को भए एसएलसी परीक्षाका केन्द्राध्यक्षहरु ?
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, चैत ०४ । एसएलसी (प्रवेशिका) परीक्षा–२०७० सम्पन्न गर्नका लागि परीक्षा समन्वय समितिले केन्द्राध्यक्षहरु तोकेको छ । आगामी विहिबारदेखि ३१ वटा केन्द्रमा हुने परीक्षा सञ्चालन गर्नका लागि केन्द्राध्यक्षहरु तोकिएको हो ।
परीक्षा समन्वय समितिले जनता मावि गडहिया डुमरिया केन्द्रमा सोही विद्यालयका प्रअ सत्यनारायण राय, नेराराशि मावि डुमरियामा रामजउमावि बलराका प्रअ रामकुमार शर्मा, जउमावि रामवनमा प्रअ विरेन्द्र मिश्र, वेभोनउमावि गोडैतामा प्रअ रामचन्द्र चौधरी, देउमावि सुन्दरपुरमा मनोज कुशवाहा, श्रीमती कृष्णादेवी जउमावि मलंगवामा रामनिवास साह, पब्लिक मावि मलंगवामा सुवाष यादव तोकिएका छन् ।
त्यस्तै जेसिज ई.बो. स्कुल मलंगवा केन्द्रमा मावि बल्वा सोकनाहाका प्रअ लालबाबु राय, वौद्यीदेवी उमावि मुसैलीमा रामेश्वर प्रसाद यादव, श्रीमती लक्ष्मीदेवी मावि गम्हरियामा कामदेव राय, पमावि पर्सामा राजकिशोर राय, सउमावि भक्तिपुरमा विन्देश्वर सिंह, दुखोजउमावि बबरगंजमा जनसेवा मावि घुर्कौलीका प्रअ चन्द्रमोहन झा, नाउमावि केशरगंजमा चित्तरन्जन सिंह, लालीगुराँस एकेडेमी इश्वरपुरमा सउमावि हजरियाका प्रअ बद्री पोखरेल, महाविर जउमावि हरिपुरमा युगबहादुर दाहाल केन्द्राध्यक्ष रहेका छन् ।
त्यसैगरी नवजिविन विद्याश्रम उमावि जुटपानीमा भलबहादुर अधिकारी, जउमावि नवलपुरमा रामपृत महतो, श्री माइरानी मिक्चनी जमावि सासापुरमा मावि हेमपुरका प्रअ रविन्द्र राय, जानकी मावि लालबन्दीमा उमावि भाँडसरका प्रअ विन्देश्वर राय, जनज्योती उमावि लालबन्दीमा चन्द्रनारायण सिंह, एभरेष्ट एकेडेमी जब्दीमा देउमावि सुन्दरपुरका प्रअ ब्रह्मानन्द राय, मजउमावि हरिवनमा जयशंकर सिंह, चजउमावि सुखेपोखरीमा नरेन्द्रराज सुवेदीलाई केन्द्राध्यक्ष तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
त्यस्तै जमावि ढुंग्रेखोलामा नाउमावि पत्थरकोटका प्रअ विनोद पौडेल, श्री ५ महेन्द्र उमावि कर्मैयामा महेशकुमार शर्मा, मरजलउमावि सीतापुरमा देवीदत्त यादव, मुगराजउमावि मूर्तियामा विनयकुमार साह, चजशगउमावि बरहथवामा प्रमोदकुमार झा, सउमावि हजरियामा भरत महतो र उमावि सोल्ठी केन्द्रमा ज्ञानकुमार महतो केन्द्राध्यक्ष तोकिएका छन् । ८ वटा बाहेक सबै केन्द्रहरुमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ । निजी विद्यालय केन्द्रमा र निजी विद्यालयहरुको परीक्षा हुने केन्द्रमा अन्य विद्यालयबाट केन्द्राध्यक्ष तोकिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कविराज उप्रेतीले बताए ।
No comments:
Post a Comment