Tuesday, January 14, 2014

गोलभेंडाको भाउ बढेपछि किसान हर्षित

गोलभेंडाको भाउ बढेपछि किसान हर्षित
सर्लाही समाचारदाता
हरिवन, पुस २१ । पछिल्लो समय गोलभेंडाको भाउ बढेपछि किसानहरु लाभान्वित बनेका छन् । भाउ बढेसँगै किसानहरु हर्षित समेत बनेका छन् ।
मुलुकमै सबैभन्दा बढी गोलभेडा उत्पादन हुने जिल्लाको रुपमा चिनिने सर्लाहीका बजारहरुमा हाल गोलभेडा प्रति क्रेट ६ सयदेखी ७ सयसम्म विक्री भैरहेको किसानहरुले बताएका छन् । यस वर्ष १५ कठ्ठा जमिनमा लगाएको गोलभेडा बिक्री गरेर १ लाख भन्दा बढी आम्दानी गरि सकेको सासापुर गाविस–१ का हरि बहादुर भुजेलले बताए । बजारमा गोलभेडाको यहि मुल्य कायम रहे अझै डेढ लाख आम्दानी हुने भुजेलले जानकारी दिए ।
गतवर्ष गोलभेडाको मुल्य नआएपछि अधिकांश किसानहरुले यसवर्ष कम क्षेत्रफलमा गोलभेडा खेती गरेको जानकारहरु बताउँछन् । मागको तुलनामा आपूर्ति कम हुँदै गएपछि क्रमशः गोलभेडको मुल्य बढ्दै गएको छ । हाल खुद्रा रुपमा गोलभेंडा प्रतिकिलो ३० रुपैंया भन्दा माथिमा किनबेच भईरहेको छ ।
सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने लाबलन्दी , पत्थरकोट, अत्रौली, सासापुर, नेत्रगन्ज, रानीगन्ज, कर्मैया लगायत गाविसको  करिव १८ सय हेक्टर क्षेत्रफलमा गोलभेडाको खेती हुँदै आएको छ । सर्लाहीमा उत्पादन भएको गोलभेंडा राजधानी काठमाण्डौ लगायत मुलुकका विभिन्न शहरहरुमा समेत निर्यात हुने गरेको छ । –प्रेम पौडेल

No comments:

Post a Comment