बचतकर्तालाई विशेष सुविधा
सर्लाही समाचारदाता
इश्वरपुर, पुस २३ । वयलवास बजारमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आगामी दिनमा आफ्ना संस्थाको बचतकर्तालाई विशेष सुविधा प्रदान गर्ने जनाएको छ ।
संस्थाको १३ औँ साधारण सभाले खुद नाफा र शिक्षा खर्चमा समेत साँढे १९ प्रतिशत लाभान्स दिने निर्णय गरेको संस्थाका प्रवन्धक रुपनारायण सिंहले बताए । संस्थाले स्थापना गरेको अक्षय कोषको व्याजबाट प्रयेक वर्ष उत्कृष्ट काम गरेको व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै आए अनुसार यो वर्ष साधारण सभाको दिन महिला तथा बालबालिकाको क्षेत्रमा प्रसंसनिय काम गरे बापत बाल संरक्षण संस्था लालबन्दीका अध्यक्ष राधा घिमिरे सहित ८ जनालाई २ हजार नगद र प्रमाण पत्र सहित सम्मान गरिएको संस्थाका सहायक प्रवन्धक विनोदकुमार थापाले जानकारी दिए ।
संस्थाका अध्यक्ष बेनी बहादुर कार्कीले अक्षय कोषको स्थापन र सञ्चालन गरी प्रत्येक वर्ष लाभान्स दिएको र व्याजमा १० प्रतिशत छुट दिएकै कारण राष्ट्रिय सहकारी संघ काठमाण्डौले गत वर्ष उत्कृष्ट व्यवसाय पुरस्कार प्राप्त गरेको बताए ।
No comments:
Post a Comment