Friday, January 3, 2014

जनज्योतीमा कुरा मिल्यो

जनज्योतीमा कुरा मिल्यो
सर्लाही समाचारदाता
लालबन्दी, पुस १९ । व्यवस्थापन पक्षले शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले जनज्योती प्राविधिक शिक्षालय लालबन्दीमा गरेको तालाबन्दी शुक्रबारबाट खुलेको छ ।
शुक्रबार शिक्षालय प्रशासन, अभिभावक, प्रहरी, आन्दोलित विद्यार्थी लगायतको छलफलमा सहमति भएपछि तालाबन्दी हटेको हो । शिक्षालय सञ्चालन गर्ने जनज्योती उमावि व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर ठाडामगर हाल काठमाण्डौमा रहेकाले उनी फर्किएपछि पूनः छलफल गर्ने सहमतिमा तालाबन्दी खुलेको बताईएको छ ।
शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग माग गर्दा व्यवस्थापन पक्ष एकतर्फी ढंगले अगाडी बढेको भन्दै शिक्षालयको प्रशासन सहित कक्षा कोठाहरुमा ताला लगाईएको नेकपा–माओवादी सम्बद्ध अखिल क्रान्तिकारीको नेतृत्वमा विहिबार शिक्षालयमा तालाबन्दी भएको थियो । शिक्षालय प्रशासनले भने आगामी पुस २६ गतेदेखि परीक्षा भएकाले विद्यार्थीहरुको एक समूहले शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग माग गरेर बेमौसमी बाजा बजाएको बताउँदै आएको छ ।

No comments:

Post a Comment