विदेशबाट युवकको शव आयो
सर्लाही समाचारदाता
सासापुर, माघ ३ । बैदेशिक रोजगारीका क्रममा कुवेतमा मृत्यु भएका सासापुर १ का एक पुरुषको शव शुक्रवार घर ल्याईएको छ ।
सासापुर १ का ३२ वर्षिय बिर्ख सिंह घिसिङ् गतसुक्रवार खाना खाएर सुत्दा ओछ्यानमा बिहान मृत अवस्थामा भेटिएका थिए । स्थानीय गाउँकै एक एजेन्टमार्फत काठमाण्डौको एक मेनपावरबाट ५ महिना अघि घिसिङ् कुवेत पुगेका थिए ।
हेभी ड्राईभिङ (सवारी चालक)कामका लागी ९० हजार खर्च गरेर गएका छोराको मृत्यु भएको र कानुनी प्रक्रिया पु¥याई एकसातामा शवलाई घर ल्याईएको मृतकका बुवा चक्रध्वज घिसिङ्ले बताए । मृतक घिसिङको श्रीमति सहित २ छोरा १ छोरी छन् ।
No comments:
Post a Comment