घरेलु मदिरा नष्ट
गैर, पुस २३ । लुकाई छिपाई सदरमुकाम मलंगवातर्फ लगिदै गरेको अवैध घरेलु मदिरा मंगलबार सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल फरहदवाको टोलिले नियमित चेक जाँचका क्रममा बयलबासबाट मलंगवा जाँदै गरेको ग.१ ख २२९५ नम्बरको यात्रुबाहक बसबाट ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
फरहदवा बेसक्याम्प प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिसिंह विष्टका अनुसार बरामद गरिएको मदिरा स्थानीय भद्रभलाद्मी एवं सुरक्षा निकायको रोहबरमा नष्ट गरिएको बताए ।
No comments:
Post a Comment