सर्लाही समाचारदाता
ईश्वरपुर, माघ ५ । ईश्वरपुर–२ बयलबासमा रहेको नारायण उमाविको खेल मैदानमा जारी रेडवुल जिल्ला स्तरिय लिग फुटवल प्रतियोगितामा आइतबार पनि तीन खेल सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो खेलमा हरिवनको हरिवन युवा क्लवलाई १ का बिरुद्ध ५ गोल गरेर आयोजक फुलजोर युवा क्वल बिजयी भएको छ ।
त्यस्तै दोस्रो खेलमा युनिभर्सल युवा क्वल मनहर्वा र गौरी शंकर युवा क्लव हरिपुर बिचको खेल भने दुई गोलको बराबरीमा सकिएको छ ।
तेस्रो खेलमा त्रिशक्ती समाज सेवा क्वल पत्थरकोटलाई शुन्यका बिरुद्ध ५ गोल गरेर लालबन्दी स्पोर्टस् क्वल बिजयी भएको छ । शुक्रबारदेखी शुरु भएको प्रतियोगितामा सर्लाहीका १३ वटा फुटवल टिमले सहभागिता जनाएका प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए । प्रतियोगिता जिल्ला फुटवल संघ र फुलजोर युवा क्लवको आयोजना तथा रेडवुलको प्रायोजनामा शुरु भएको हो ।
No comments:
Post a Comment