Wednesday, January 1, 2014

जोखिम न्यूनिकरणको योजना

जोखिम न्यूनिकरणको योजना
सर्लाही समाचारदाता
मलंगवा, पुस १७ । स्थानीय स्तरमा हुने प्रकोप जोखिम न्यूनिकरणका लागि कार्ययोजना तयार गर्दै प्रकोप र जलवायू जोखिम नियन्त्रण सम्बन्धि चारदिने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
यूएनडीपि र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा चारदिने प्रशिक्षण तालिमको आयोजना गरिएको थियो । तालिममा प्रकोप जोखिमका प्रकृति र सम्भावित स्थानका पहिचान सहित न्यूनिकरणका लागि कार्ययोजना समेत तयार गरिएको सहभागि गाविस सचिव हकहित संरक्षण केन्द्रका सर्लाही अध्यक्ष हरिकान्तलाल कर्णले बताए ।
कर्णका अनुसार जिविस, नगरपालिका र गाविसमा योजना सहित परिषदबाटै विपद् कोष स्थापना गरि कार्य गर्ने रहेको छ । प्रकोप न्यूनिकरणका लागि सुरक्षानिकाय एवं विषयगत कार्यालयहरुले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिष्ठानका सैलेश चापागाँई र रितुवर्ण सिलवालले सहजीकरण गरेका कार्यक्रममा जिल्ला दैवी प्रकोप उद्धार समिति, स्थानीय निकायका प्रतिनिधि लगायत सरोकारवाला २५ जनाको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment