Monday, March 3, 2014

बिमा रकम प्रदान

बिमा रकम प्रदान
सर्लाही समाचारदाता
हरिवन, फागुन १९ । सुर्य लाईफ ईन्सुरेन्स हरिवन शाखाले सोमबार रौतहटको चन्द्रनिगाहपुर निवासी नर बहादुर श्रेष्ठको नाममा गरिएको बीमा रकम उनकी श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।
श्रेष्ठको मृत्यु भएकाले उनको नाममा रहेको बीमा रकम निरु श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । शाखाका प्रमुख नारायण कार्कीको अध्यक्षतामा भएको एक कार्यक्रममा बीच डिभिजन सहकारी कार्यालय रौतहटका प्रमुख खड्ग बहादुर बोम्जनले बिमा बापतको एकलाख रकम प्रदान गरेका थिए ।

No comments:

Post a Comment