शौचालय नहुँदा बालकको ज्यान गयो
सर्लाहीे समाचारदाता
रौतहट, माघ ०२ । घरमा शौचालय नभएका कारण ‘शौच’ गर्न खूल्ला स्थानमा जाँदाभुस्याहा कुकुरको टोकाइबाट रौतहटमा एक बालकको ज्यान गएको छ । भुस्याहा कुकुरको टोकाइबाट खेसरहिया ७ का सिकेन्द्र यादवको ५ बर्षिय छोरा अर्जुन राय यादवको ज्यान गएको हो ।
विहिवार बिहान ११ बजे शौचका लागि खुल्ला स्थानमा गएका बालक यादवलाई कुकुरहरुको एक समूहले घेरा हालेर मारेको उनकी हजुरआमाले बताइन् ।
हजुरआमासंग घरमा रहेका यादव शौचका लागि बाहिर जान्छु भनेर निस्केको तथा केही बेर पछि कराई गरेको आजाव सुनेपछि हजुर आमा सरबतिया देवीले बाहिर हेर्दा खेतमा कुकुरहरुले नातीलाई लछार पछार गरेको देखेकी बताइन । आक्रमण गरेका कुकुरहरुलाई धपाएर नातीलाई हेर्दा बालकको ज्यान गइसकेको थियो ।
कुकरको समूहले बच्चालाइ आक्रमण गरेको खबरले अहिले गाउले आतंकित बनेको छ । घटना लगतै ईलाका प्रहरी कार्यालय सुकदेव चौकको प्रहरी टोली सो स्थानमा पुगेको छ । घरका एकमात्र सन्तानको मृत्युपछि यादव परिवार शोकाकुल बनेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको डिएसपी दिपक अधिकारीले जानकारी दिए ।
No comments:
Post a Comment