Saturday, January 4, 2014

चिसो बढ्योःमाछा व्यवसाय फस्टायो

चिसो बढ्योःमाछा व्यवसाय फस्टायो
सर्लाही समाचारदाता
मलंगवा, पुस २० । चिसो बढेसँगै जिल्लाका बजारहरुमा माछाको व्यापार निकै बढेको छ ।
केहि दिन यता जिल्लाका मुख्य बजारहरु मलंगवा सहित हरिवन, लालबन्दी, वयलवास, बरहथवा लगायत बजारमा माछाको व्यापार बढेको हो ।
जाडोमा स्वास्थ्यका लागी समेत माछा लाभदायिक हुने भएपछि बजारहरुमा माछाको व्यापार  बढेको व्यापारीहरु बताउछन् । बजारहरुमा माछाको माग निकै बढेकाले अहिले आफुहरुले माछा बिचेर राम्रो आम्दानी गरिरहेको सर्लाही बबरगन्जका माछा पालक कृषक किसुन रायले बताए । ५ वर्ष देखी व्यवासायिक रुपमा माछा पालन गर्दै आएका रायका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्रका माछा पालक कृषकहरुले माछा बिचेर हजारौँ रुपैँया आम्दानी गरिरहेको छन् । जाडो शुरु भएसँगै आफुले जिल्लाको विभिन्न बजारमा माछा बिक्री गरेर ५० हजार आम्दानी गरिसकेको रायले बताए । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने गाविसहरुमा वर्षौ देखी व्यवसायिक रुपमा माछा पालन गरिदै आएको छ । केहि कृषकहरुले आफ्नो निजी पोखरीमा माछा पालन गर्दै आएका छन् भने समुहमा मिलेर समेत सार्वजनिक पोखरीमा माछा पालन गरिएको छ । त्यस्तै केहि माछा व्यवासायीहरुले जिल्लाको विभिन्न नहर तथा खोलाहरुमा समेत माछा मारेर विक्री गर्ने गरेका छन् ।

No comments:

Post a Comment