Saturday, January 4, 2014

अगुवा किसानलाई तालिम दिइयो

अगुवा किसानलाई तालिम दिइयो
सर्लाही समाचारदाता
मलंगवा, पुस २० ।  अगुवा कृषकहरुको तीनदिने कृषि तालिम शनिवार मलंगवामा सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यालय आयोजनामा भएको तालिममा जिल्लाका विभिन्न गाविसका २२ जना कृषकहरु सहभागी भएका थिए । तालिममा महिला, दलित र जनजाती गरी २० जना महिला र २ जना पुरुष कृषक सहभागी भएका हुन् । तालिममा सहभागी कृषकहरुलाई तरकारी खेती, माछा पालन, च्याउ खेती लगायतको बारेमा सिकाईएको छ ।
तालिममा जिल्लाको बसन्तपुर, औरही, लक्ष्मिपुर, पिडारी, सलेमपुर लगायत गाविसका कृषकहरु सहभागी भएका तालिमका प्रशिक्षक देवानन्द रायले जानकारी दिए ।

No comments:

Post a Comment