शान्ति समिति संयोजकमा प्रमोद
सर्लाही समाचारदाता
मलंगवा, पुस २२ । स्थानीय शान्ति समिति सर्लाहीको संयोजकमा सद्भावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साह चयन भएका छन् ।
सोमबार सम्पन्न शान्ति समितिको बैठकले साहलाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको निवर्तमान संयोजक भवानी कोइरालाले बताईन् । २३ सदस्यीय समितिमा ६–६ महिनामा पालैपालो संयोजक चयन गरिने व्यवस्था रहेको छ । संविधान सभा निर्वाचन लगायत विविध कारणले कोइराला भने १ वर्षभन्दा बढी संयोजकमै रहेकी थिईन् ।
समितिमा यसअघि एमालेका रेवती पन्त, एमाओवादीका राजकुमार राय, काँग्रेसका विनोद खनाल, फोरम नेपालका अशोक कुमार यादव संयोजक भईसकेका छन् । समितिले माओवादी द्वन्द्वका क्रममा मृत्यु भएका, वेपत्ता पारिएका, अंगभंग भएका, विस्थापीत भएका लगायत विभिन्न खाले पीडित परिवारहरुलाई क्षतिपूर्ति दिनका लागि विवरण संकलन गर्ने र राज्यलाई सिफारिस गर्ने गर्दछ भने क्षति पुगेका सार्वजनिक भौतिक संरचना पूनर्निर्माणकालागि सहजीकरण समेत गर्दछ ।
नयाँ संयोजक चयन गर्नुअघि शान्ति समितिका प्रथम संयोजक एवं हालका सदस्य तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल रायलाई स्वागत समेत गरिएको छ । भर्खरै सम्पन्न भएको संविधान सभानिर्वाचनमा क्षेत्र नं. ५ बाट निर्वाचित रायलाई समितिले स्वागत गरेको हो । मलंगवा स्थित शान्ति समितिकै कार्यालयमा निवर्तमान संयोजक कोइरालाको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम भएको थियो ।
No comments:
Post a Comment