Tuesday, January 14, 2014

ट्राफिक प्रमुखमाथि दुव्र्यवहार गर्नेलाई म्याद थप

ट्राफिक प्रमुखमाथि दुव्र्यवहार गर्नेलाई म्याद थप
सर्लाही समाचारदाता
लालबन्दी, पुस २२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक कमल  खत्रीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका दुई युवालाई सोमबार ७ दिने म्याद थप गरेर कार्वाही प्रकृया अगाडी बढाईएको छ ।
सार्वजनिक अपराध ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर कार्वाही प्रकृया अगाडी बढाईएको हो । प्रमखु जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले ट्राफिक प्रमुखमाथि दुव्र्यवहार गर्नेलाई अनुसन्धान एवं कार्वाही प्रकृया अगाडी बढाउन ७ दिन म्याद दिईएको बताए ।
ट्राफिक प्रमुख खत्रीलाई दुव्र्यवहार गरेको आरोपमा लालबन्दी गाविस–३ का २९ वर्षिय दिपक लामा र २७ वर्षिय सुवास लामालाई इलाका प्रहरी कार्यालय लालबन्दीले आईतबार नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुईजनालाई थप कार्वाही प्रकृयाका लागि ईलाका प्रहरी कार्यालय हरिपुरमा लगिएको छ । लालबन्दी चोक स्थित ट्राफिक बीट नजिक ट्राफिक प्रहरी निरीक्षक खत्रीलाई लामाद्वयले दुव्र्यवहारगरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा हेल्मेट नलगाई मोटरसाईकल चलाईरहेको अवस्थामा रोकेर सम्झाउन खोज्दा लामाद्वयले दिउँसो साँढे ३ बजे तिर ट्राफिक प्रमुख खत्रीलाई दुव्र्यवहार गरेको प्रहरीले दावी ग¥यो ।
उनीहरुले ड्यूटी पोशाकमै रहेका ट्राफिक प्रमुख खत्रीलाई गाली गलौज गर्नुका साथै हातपातको समेत प्रयास गरेको बताईएको छ । प्रहरीले उनीहरु चढेको ना. २७ प ८३३७ नम्वरको मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
केही दिनअघि पनि ड्यूटीमै रहेका नेपाल प्रहरी र ट्राफिक प्रहरीमाथि नवलपुर चोकमा दुईजना युवाले कुटपीट गरेका थिए । ७ दिने म्याद थप गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएका उनीहरुलाई लिएको म्याद अगावै छाडिएको प्रहरी स्रोतले जनायो । ड्यूटीमा रहेको अवस्थामा कुटपीट एवं दुव्र्यवहार गर्नेहरुलाई कानून अनुसार कडा कार्वाही नगरी छाड्दा अराजकता बढ्ने र आफूहरुको मनोबल गिर्दै जाने सुरक्षाकर्मीहरुको गुनासो गरेका छन् ।

No comments:

Post a Comment