वन कार्यालय प्रमुख विहिन
सर्लाही समाचारदाता
नवलपुर, पुस २१ । तत्कालिन जिल्ला वन अधिकृत रामपृत मौर्यले अवकास पाएपछि हाल जिल्ला वन कार्यालय सर्लाही प्रमुख विहिन बनेको छ ।
मौर्यले गत मंगलबार अवकास पाएका थिए । उनको अवकास पछि हाल जिल्ला वन कार्यालयमा निमित्त प्रमुखको रुपमा विनोद सिंहले कार्यभार सम्हालेका छन् । नयाँ जिल्ला वन अधिकृतको रुपमा केदारनाथ दाहाल आउने सम्भावना रहेको जिल्ला वन कार्यालय स्रोतले बतायो । ‘‘सर्लाहीको जिल्ला वन अधिकृतको रुपमा मन्त्रालयले उहाँको नाम तय गरिसकेको सुनेका छौं ।’’ एक कर्मचारीले भने । कार्यालयमा प्रमुख नहुँदा विभिन्न महत्वपूर्ण कार्य थालनी गर्न नसकिएको एक कर्मचारीले गुनासो गरे ।
No comments:
Post a Comment