‘प्राविधिक कर्मचारीको नियत खराब’
सर्लाही समाचारदाता
मलंगवा, माघ ०१ । प्रमुख राजनैतिक दलका नेताहरुले जिविस योजनाको लगत ईष्टमेट ढिलाईप्रति आक्रोश व्यक्त गरेका छन् । प्राविधिक कर्मचारीहरुले अनियमितताका लागि नियतबस लगत ईष्टमेटमा ढिलाई गरेको समेत उनीहरुको आरोप छ ।
सभासद् एवं तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल रायले प्राविधिक कर्मचारीहरुले अनियमितता गर्नकै लागि ढिलाई गर्ने गरेको आरोप लगाए । ‘‘ढिलो काम सुरु गराएर हतारमा योजना सक्दै अनुगमनको मौकै नदिने गरि प्राविधिकहरुले काम गर्ने गर्छन् ।’’ सभासद् रायले भने–‘‘बजेट फ्रिज हुन्छ भनेर हल्ला गराउँदै, छोटो समयमा सम्झौता, निकासा, योजना सञ्चालन र अन्तिम मुल्यांकन लगायतका काम गरेर अनियमितता गर्नमै प्राविधिक कर्मचारीहरुको ध्यान हुन्छ, त्यसैले यो पटक पनि त्यस्तै गर्न खोज्दैछन् ।’’
नेपाली कांग्रेसका जिल्ला सभापति लक्ष्मण रायले जिविसका योजनाहरुमा प्राविधिक कर्मचारीहरुले नै मुख्य बद्मासी गर्ने गरेको आरोप लगाए । ‘‘जिविसको योजनाहरुमा अनियमितताको मुख्य जड नै प्राविधिक कर्मचारीहरु हुन् ।’’ सभापति रायले भने–‘‘उपभोक्तालाई झुलाउने तथा योजना सञ्चालनमै ढिलाई गरेर प्राविधिकहरुले अनियमितताका लागि सबैलाई झुलाउने गर्छन् ।’’
नेकपा एमालेका अध्यक्ष मनोज देवकोटाले प्राविधिक कर्मचारीहरुले लगत ईष्टमेटमा ढिलाई गर्दा योजना सञ्चालनमा नै ढिलाई हुने र गुणस्तरमा नै प्रश्न उठ्ने बताउँछन् । ‘‘यस्तै पारा हो भने जिविस सँधै असफल भईरहन्छ ।’’ उनले भने ।
एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अच्युतम काÇलेले प्राविधिक कर्मचारीहरुले नियतबस योजनाहरु ढिलाई गर्ने गरेको आरोप लगाए । ‘‘समयमै लगत ईष्टमेट तयार पारेर चैत र बैशाख सम्ममा योजना सञ्चालन गरेर जेठमा अनुगमन समेत गर्नुपर्ने हो ।’’ उनले भने–‘‘तर प्राविधिक कर्मचारीहरुले अनियमित ढंगले काम नै नगरी छोटो समयमा मुल्यांकन प्रतिवेदन दिन्छन् र अनुगमनको लागि समेत मौका नै दिदैनन् ।’’
No comments:
Post a Comment