बालबालिकालाई लामाद्वयको सहयोग
सर्लाही समाचारदाता
घुर्कौली, माघ ०२ । चेतना सन्देश नेपालद्धारा घुर्कौलीमा सञ्चालित रहेको द्धन्द्धपिडित बालगृहमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
बालगृहका प्रमुख संरक्षक पन्च लामा र संरक्षक श्रवण लामाले विहिवार बालगृहका चार सय र स्थानिय ७० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । जापानमा बस्दै आएका प्रमुख संरक्षक र संरक्षक लामाले बालगृहमा नै उपस्थित भएर वालवालिकालाइ शैक्षिक सामाग्री वितरण गरेका व्यवस्थापक बेची लुङ्गेलीले जानकारी दिइन् ।
लामाद्धयले वर्षेनी बालगृहमा आएर बालबालिकाको शैक्षिक अवस्था, आवश्यकता, लगायतको बारेमा बुझ्ने गरेको बताइएको छ । लामाद्वयको सहयोग एवं नेकपा एमालेका नेता सुरेन्द्र लामाको सकृयतामा सञ्चालित उक्त बालगृहमा हाल तीन दर्जन हाराहारीमा बालबालिका आश्रीत छन् ।
No comments:
Post a Comment