Friday, January 17, 2014

भूकम्प दिवसमा कार्यक्रम

भूकम्प दिवसमा कार्यक्रम
सर्लाहीे समाचारदाता
मलंगवा, माघ ०२ । ‘नबोली, नसोधी आउँछ भूकम्पीय विपद्, जागौं, जुटाँै बचाउन सृष्टिको सम्पदा’ भन्ने मूलनारा सहित विहिवार १६औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
भूकम्प सम्वन्धि विभिन्न चेतनामूलक संदेशका नारासहित जिल्ला प्रशासन कार्यालय देखी नगरपालिका सम्म प्रभावतफेरी र ¥याली निकालिएको थियो । कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरे, स्थानीय विकास अधिकारी उमेश वस्नेत, प्रहरी प्रमुख रविन्द्र बहादुर धानुक लगायत विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो
त्यसैगरीै सोही अवसरमा मलंगवा नगरपालिका विभिन्न १० स्थानमा फ्लाक्स बोर्ड निमार्ण गरिएको नगरपालिका कार्यालय प्रमुख राम चरित्र मेहताले जानकारी दिए ।  
जिल्लाका मुख्य बजारहरुमा विभिन्न संघ संस्थाले  चेतना मुलक कार्यक्रम गरी दिवस मनाएका छन् । सासापुर गाविसमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको गाविस सचिव उद्धव नारायण श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय विपत व्यवस्थापन समिति सासापुरको आयोजना तथा नेपाल ग्रामीण पुर्नर निमार्ण संस्था आरआरएनको सहयोगमा अन्तक्रिया सम्पन्न भएको हो । विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ ।

No comments:

Post a Comment