Friday, January 17, 2014

शान्ति तथा जिविकोपार्जन तालिम

शान्ति तथा जिविकोपार्जन तालिम
सर्लाही समाचारदाता
मलंगवा, माघ ०३ ।  जिल्लाका ३२ जना शान्ति तथा जिविकोपार्जन सहजकर्ताहरुलाई दिईएको ४ दिने सहभागिता मुलक सिकाई सम्वन्धी तालिम शुक्रवार सम्मपन्न भएको छ ।
यूएनडिपिको सहयोगमा ग्रामीण विकास समाज हरिवनद्धारा सञ्चालित शान्तिको लागी जिविकोपार्जन कार्यक्रम अन्तर्गतका ३२ गाविसका सहजकर्ताहरुलाई तालिम दिईएको हो ।
तालिममा लक्षित वर्ग अर्थात विपन्न परिवारको समस्या कसरी पहिचान गर्ने, साक्षर बनाउने, समस्या समाधान गर्न पहल गर्ने लगायत बारेमा सिकाईएको थियो । तालिममा सामाजिक परिचालन विशेषज्ञ देवेन्द्र यादव, कृषि विशेषज्ञ भगवान ठाकुर, जिल्ला कार्यक्रम संयोजक सुनिल मिश्र, लैगिंक विशेषज्ञ बैजनती गिरी, र एलआरपिका कार्यक्रम संयोजक रमा पौडेल सहजीकरकण गरेका थिए । योजना तर्जुमा, लैङ्गिक समावेहीकरण, छुवाछुत, जोखिम न्युनिकरणका उपाए सहितको तालिमको अध्यक्षता संस्थाका अध्यक्ष गजेन्द्र साहको सभापतित्वमा सम्पन्न भएको    थियो ।

No comments:

Post a Comment