Friday, January 17, 2014

आप्रवासी हकहितको बैठक सम्पन्न

आप्रवासी हकहितको बैठक सम्पन्न
सर्लाही समाचारदाता
हरिवन, माघ ०३ । जिल्लामा गठन भएको आप्रवासी हकहित संरक्षण केन्द्रको पहिलो बैठक शुक्रवार सहयोगी समाज नेपालको कार्यालय हरिवनमा सम्पन्न भएको छ ।
रामनाथ साहको अध्यक्षतामा गतमंसिर २८ गते गठन गरिएको केन्द्रको बैठकले १५ दिन भित्र विधान तयार गर्न रामनाथ साह, गुणा कार्की, र कामेश्वर महतो सदस्य रहने गरी विद्यान मस्यौदा समिती गठन गरेको छ । त्यस्तै बैठकमा जिल्लाका सबै गाविस र एक नगरपालिकामा यस आप्रवासी हकहित संरक्षण केन्द्र गाविस स्तरिय गाउ इकाइ कमिटी गठन गर्ने लक्ष्य राखिएको केन्द्रले जनाएको छ । पहिलो चरण अन्तर्गत माघ सम्ममा जिल्लाको १० गाविसमा कमिटी गठन गरिने र बाँकी गाविस र नगरपालिकामा क्रमस कमिटी गठन गरिने बताईएको छ । अहिले सम्म जिल्लाको त्रिभुवननगर, सासापुर, भेलही, सलेमपुर, कर्मैया, घुर्कौली, मैनाथपुर, चन्द्रनगर, बग्दह र मुर्तिया गाविसमा कमिटी गठन गरिने बताइएको छ ।

No comments:

Post a Comment