काँगे्रस कर्मैयाको बैठक सम्पन्न
सर्लाही समाचारदाता
कर्मैया, माघ ४ । नेपाली काँगे्रस कर्मैया गाउँ कार्यसमितिको बैठक शनिवार सम्पन्न भएको छ ।
सभापती दिपक रानाभाटको अध्यक्षतामा भएको बैठकले तरुण दल गाउँ समिति कर्मैयाको पुर्नगठन गरेको छ । केशव बहादुर दाहाल अध्यक्ष रहने गरी ४ सदस्यीय गाउँ समिति पुर्नगठन गरिएको हो । समितिको सचिवमा अतिन्द्रराज काफ्ले तथा सदस्यहरुमा जितबहादुर मिजार सार्की र अस्मिता बस्नेत रहेका छन् ।
त्यसैगरी बैठकमा नेपाली काँगे्रसका स्थानीय सदस्य मुरली रायमाझीका छोरा मन्दिप रायमाझीको माईक्रो बसको ठक्कर पछि उपचारका क्रममा मृत्यु भएको प्रति दुख व्यत्त गरिएको छ । त्यस्तै बिरामी भएर उपचार गराई रहेका क्षेत्र नम्वर ३ का क्षेत्रिय प्रतिनिधी स्वास्थ्यकर्मी कामदेव चौधरीको स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।
बैठकमा जिल्ला सदस्य ज्ञानबहादुर सुवेदी, गाउँ कार्य समिती सदस्य शंकर थापा, पुर्णबहादुर पाण्डे, बद्रि खड्का, उप सभापती कृृष्णप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
No comments:
Post a Comment