Monday, January 20, 2014

खानेपानी समिति गठन

खानेपानी समिति गठन
सर्लाही समाचारदाता
हरिवन, माघ ४ । खानेपानीलाई व्यवस्थित बनाउन शनिबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सर्लाही शाखा गठन गरिएको छ ।
हरिवनको नयाँरोड स्थित ग्रामिण विकास समाजको कार्यालय परिसरमा भएको भेलाले भवानीपुरका गजेन्द्र साहको अध्यक्षतामा ९ सदस्यीय शाखा गठन गरेको हो । समितीको उपाध्यक्षमा पथ्थरकोटकी रमा कुमारी पौडेल, सचिवमा वेलाका रामानन्द महतो, कोषाध्यक्षमा लालबन्दीका कपिल कुमार कार्की चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सिसौटियाकी बविता कुमारी साह, फरहद्वाका विष्णुनारायण प्रसाद साह, वगदहका शुभलाल राम, बरहथवाका सुजाता साह र हरिवनकी सरस्वती बुढाथोकी चयन भएका छन् । ‘सबैका लागि पानी’ भन्ने मूल नाराका साथ महासंघका केन्द्रीय प्रतिनिधि लवहरी बुढाथोकीको प्रमुख आतिथ्यतामा भेला भएको थियो । खानेपानी तथा सरसफाईको क्षेत्रमा समिति सकृय हुने अध्यक्ष साहले बताए ।

No comments:

Post a Comment