Monday, January 20, 2014

सहकारीको पाँचबुँदे घोषणापत्र जारी

सहकारीको पाँचबुँदे घोषणापत्र जारी
सर्लाही समाचारदाता
भक्तिपुर, माघ ०४ । बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापन सम्बन्धि पाँचबुँदे सर्लाही घोषणा पत्र जारी गर्दै शनिबार भक्तिपुरमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमेटेड (नेफ्स्कुन) को चौथो साधारण सभा सम्पन्न भएको      छ ।
साधारणसभाले जिल्लाका सबै गाविसमा बचत तथ ऋण सहकारीको स्थापना गर्ने वा सक्षमा संस्थाले सेवाकेन्द्र स्थापना गरि सेवा पु¥याउने, स–साना संस्थालाई एकिकृत गरि सांगठनीक र आर्थिक रुपमा मजबुत गराउने, एकबर्ष भित्र प्रत्येक संस्थाले आÇना शेयर सदस्यलाई अनुभूति हुने गरि व्यवसायिक बनाउने, सहकारी अभियानका सबै क्षेत्र र क्रियाक्लापमा सहभागिता जनाउने र संस्थालाई संगठीत र सुसज्जित गर्दै शेयर सदस्य संख्या दोब्बर बनाउने लगायतका घोषणा पत्र जारी गरेको छ । जिल्ला स्थित ८० वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु सहभागि साधारण सभाले सो घोषणा पत्र जारी गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कुनका केन्द्रीय अध्यक्ष ऋषिराज घिमिरेले समुन्नत भविष्यका लागि खर्च कटाएर भएपनि स–सानो बचत गर्न आग्रह गर्दै बचत तथा ऋण सहकारीमा आवद्ध हुन आम सर्वसाधारणलाई आग्रह गरे । संघले सहकारी संघ संस्थालाई निर्देशन नभई कार्य गर्न सिकाउँने र सिकाईरहँदा पनि पटक–पटक गल्ति गरिरहनेलाई मात्र वाध्य भई सरकारसमक्ष कार्वाहीको सिफारिस गर्ने अध्यक्ष घिमिरेले बताए । अध्यक्ष घिमिरेले बचत तथा ऋण सहकारी ऋण दिनलाई हैन, बचतका लागि खोल्नुपर्ने र सहकारीलाई नाफामूखीभन्दा सेवामूखी बनाउनुपर्ने प्रश्ट्याए । उनले भने–‘‘रातारात करोडपतिको सपना देख्नेहरु सहकारी क्षेत्रमा नआए      हुन्छ ।’’
कार्यक्रममा नेप्mस्कुनका केन्द्रीय महासचिव परितोष पौडेल, केन्द्रिय कोषाध्यक्ष नानीबाबु बुढाथोकी, केन्द्रीय सदस्यद्धय दामोदर अधिकारी र कृष्ण पौडेल लगायतले सहकारी सम्बन्धि मन्तव्य व्यक्त गरेका थिए । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरेको सभापतित्व रहेको उद्घाटन समारोहमा सहकारीको क्षेत्रमा उत्कृष्ट काम गर्ने डिभिजन सहकारी कार्यालयका प्रमुख रामलक्ष्मण राय, डिभिजन बाराका प्रमुख एवं सर्लाही निवासी महेन्द्र राउत, सबै भन्दा बढी महिला सदस्य रहेको नेत्रगन्जको नन्देश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगामाया खड्का, जिल्ला सहकारी संघका सञ्चालक ध्रुवनाथ खनाल लगायतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिका कार्यक्रम गर्ने स्थानीय बालबालिकालाई बाल बचत खाता स्थापनाका लािग ३ हजार नगद पुरस्कार स्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष घिमिरेले आगामी वर्षको साधारण सभा हरिवन स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनमा गरिने घोषणा समेत गरेका थिए ।
सभामा संघका जिल्ला कोषाध्यक्ष विष्णु चालिसेले आर्थिक वर्ष ०६९÷०७० मा १६ २४ हजार ५ सय ९ रुँपैयाको आर्थिक कारोबार प्रस्तुत गरेका थिए भने चालु आर्थिक वर्ष ०७०÷०७१ को लागि अनुमानित ५८ लाख ६७ हजार ८ सय ४७ रुपैंयाको आय व्यय सार्वजनिक गरेका थिए ।

No comments:

Post a Comment