अपहरण मुद्धाका फरार पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, फागुन १९ । अपहरण तथा शरिर बन्धक मुद्धाका एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
रौतहट जिल्ला समनपुर गाविस–९ निवासी करिब ४५ वर्षिय शुभनारायण वैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । आफन्तको घरमा लुकेर बसेका वैठालाई औरही प्रहरी चौकीको टोलीले आइतबार राती गाउँबाटै पक्राउ गरेको हो । पक्राउ परेका वैठालाई सोमबार नै जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाईएको प्रवक्ता ओलीले जनाए । वैठा आर्थिक वर्ष ०६९÷०७० मा जिल्ला प्रहरी कार्यालय रौतहटले चलाएको अपहरण तथा शरिर बन्धक मुद्धाका फरार अभियुक्त हुन् ।
No comments:
Post a Comment