Monday, March 3, 2014

महिला हिंसामा कार्यक्रम

महिला हिंसामा कार्यक्रम
सर्लाही समाचारदाता
लालबन्दी, फागुन १९ । महिला हिंसा र कानुन कार्यान्वयन बारेमा आ–आÇनो तह र तप्काबाट कार्य गरेको खण्डमा हिंसामुक्त समाज निमार्ण हुनेमा लालबन्दीमा भएको एक कार्यक्रमका बत्ताहरुले जोड दिएका छन् ।
सोमबार भएको घरेलु हिंसा नियन्त्रण ऐनको प्रभावकारी कार्यान्वयनको लागी सरोकारवाहरुको भूमिका विषयक एक दिने अन्तक्रियाका बत्ताहरुले यस्तो कुमार जोड दिएका हुन् । महिला अधिकार मञ्च सर्लाहीको आयोजना तथा केयर नेपाल जीवन केन्द्रको आर्थिक सहयोगमा अन्तक्रिया सम्पन्न भएको हो । अधिवक्ता पशुपती शर्माको प्रमुख आतिथ्यतामा भएको अन्तक्रियामा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णु प्रसाद सोती, अधिबक्ता प्रकाश थापा, राष्ट्रिय महिला सरोकार मञ्चका सचिव भगवती पुडासैनी, बाल संरक्षण संस्था लालबन्दीकी अध्यक्ष राधा घिमिरे, महिला तथा बाल बालिका कार्यालयकी बनिता कार्की लगायत अतिथी रहेका थिए । महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष सुभद्रा महतोको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment