क्षत्रिय महिलामा अधिकारी
सर्लाही समाचारदाता
बरहथवा, फागुन १७ । अखिल नेपाल महिला संघ सर्लाही क्षेत्र नम्वर ३ को क्षेत्रिय अध्यक्षमा बरहथवा निवासी निर्मला अधिकारी चयन भएकी छिन् । शनिवार बरहथवामा भएको क्षेत्रिय भेलाले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय क्षेत्रिय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा हजारीया निवासी अन्जनिका बलम्पाकी, कोषाध्यक्षमा कर्मैया निवासी रन्जना रायमाझी, सचिवमा राजघाट निवासी आशा मगर, सह–सचिवमा मानपुर निवासी सर्मिला यादव लगायत अन्य सदस्य रहेका छन् ।
अनेमसंघकी जिल्ला अध्यक्ष कल्पना कट्वालको अध्यक्षतामा भएको भेलाले सर्लाहीलाई २०७२ सम्ममा खुल्ला दिशामुक्त घोषणा गर्नका लागी संघले अभियान नै सञ्चालन गर्ने निर्णय गरेको छ । संघको अञ्चल सचिव गोमा विष्टको प्रमुख आतिथ्यतामा भएको भेलामा उलेख्यरुपमा महिला नेतृहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment