Saturday, March 1, 2014

जनजाती भवनलाई जग्गा

जनजाती भवनलाई जग्गा
सर्लाही समाचारदाता
घुर्कौली, फागुन १७ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति सर्लाहीलाई भवन निमार्णका लागी जग्गा प्राप्त भएको छ । महासंघको भवन निमार्णका लागी घुर्कौली–२ निवासी नरबहादुर घलान र बुद्धिमान घलानले आफ्ना स्वर्गिय माता पिताको सम्झनामा जग्गा प्रदान गरेका हुन् ।
पिता दमईसिंह घलान र माता बुद्धिमाया स्याङतानको सम्झनामा उनिहरुले २० लाख रुपैँया पर्ने साँढे २६ धुर जग्गा प्रदान गरेका मगर संघकी केन्द्रीय सदस्य बेची लुंगेलीले जानकारी दिइन् ।
महासंघको हाल भवन नरहेका कारण लाबलन्दीमा भाडामा कार्यालय सञ्चालन गरिएको र अब यथाशिघ्र घुर्कौलीमा भवन निमार्ण गरिने महासंघले जनाएको छ ।

No comments:

Post a Comment