शिविरमा थप दुई जना क्षयरोगी
सर्लाही समाचारदाता
भक्तिपुर, फागुन २१ । जिल्ला जनस्वास्थ्य कार्यालयले भक्तिपुर स्वास्थ्य चौकीमा बुधबार आयोजना गरेको निःशुल्क शिविरमा थप दुईजना क्षयरोगी फेला परेका छन् ।
भक्तिपुर गाविस–७ की एक महिला र छिमेकी गौरीशंकर गाविस–३ का एक पुरुषमा यो रोग फेला परेको हो । जनस्वास्थ्यको मूख्य समस्याको रुपमा रहेको क्षयरोगका बिरामीहरु पहिचान गर्ने लक्ष्यका साथ सर्लाहीको चार गाविसमा यस अघि शिविर सम्पन्न भैसकेको छ ।
हालसम्म शिविर सम्पन्न भैसकेका पर्सा गाविसमा तीन, ढुंगे्रखोला गाविसमा एक, परवानीपुर गाविसमा एक क्षयरोगी फेला परेका छन् । मधुवनगोठ गाविसमा भने क्षयरोगी फेला नपरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
रोगको लक्षण देखा परेकाहरुको अहिले स्थानीय स्वास्थ्य चौकीहरुमा उपचार भैरहेको छ ।९९ सय गाविसलाई नै पाएक पर्ने गरी ५ स्थानमा सञ्चालन गरिएको शिविर विहिबार सकिँदैछ ।
यो रोग लागेमा दुई हप्ता भन्दा बढी निरन्तर खोकी लाग्ने, दुब्लाउँदै जाने, खकारमा रगत जाने, खाना खान मन नलाग्ने, ज्वरो आउने लगायत लक्षण देखा पर्ने चिकित्सकहरुको भनाई छ । साथै क्षयरोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटै सर्ने भएपनि यसको औषधी सम्पूर्ण स्वास्थ्य चौकीहरुमा निःशुल्क पाईने कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment