Thursday, March 6, 2014

प्राधिकरणको कार्वाही अभियान जारी

प्राधिकरणको कार्वाही अभियान जारी
सर्लाही समाचारदाता
मलंगवा, फागुन २१ । नेपाल विद्युत प्राधिकरण सर्लाहीले जिल्लाको दक्षिणी क्षेत्रका विभिन्न गाविसहरुमा विद्युत चोरी नियन्त्रण अभियान जारी राखेको छ । हुकिङ लगाएर सञ्चालन गरिएको विभिन्न विद्युतिय सामाग्री बरामद गरिएको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रण अभियानका क्रममा बुधबार १८ थान सिङ्गल फेज मोटर र एक थान पङ्खा बरामद गरिएको छ ।
जिल्लाको ब्रम्हपुरी, भेल्ही, त्रिभुवन नगर, मोहनपुर, नोकेल्वा, पिपरीया गाविसमा हुकिङ् लगाएर चलाईएको विद्युत सामाग्री बरामद गरिएको प्राधिकरणले जनाएको छ । विद्यूत चुहावट नियन्त्रणका लागि कारवाही अभियान नै सञ्चालन गरिएको वितरण केन्द्र मलंगवाका प्रमुख दिपेन्द्रराज द्विवेदीले बताए । मंगलबार पनि सर्लाहीको दक्षिणी क्षेत्रका विभिन्न गाविसहरुमा हुकिङ नियन्त्रण गर्न विभिन्न विद्युतिय सामाग्री बरामद गरिएको थियो ।

No comments:

Post a Comment