कुखुराका चल्ला र भ्यान भन्सारमा
सर्लाही समाचारदाता
मलंगवा, फागुन २९ । जिल्ला प्रहरी कार्यालयको टोलीले विहिबार विहान भन्सार छलेर भारतबाट ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा कुखुराका चल्ला बरामद् गरेको छ ।
प्रहरीले छहजार कुखुराका चल्लासँगै उक्त चल्ला ओसार्न प्रयोग भएको ना २ च ५६१७ नम्वरको भ्यानलाई समेत नियन्त्रणमा लिएको छ । नोकेल्वा गाविसमा चल्ला बोकेको उक्त भ्यान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए ।
बरामद चल्लाको ४ लाख ३२ हजार र भ्यानको ५ लाख मूल्यांकन गरि जिल्ला प्रहरी कार्यालयले विहिबार दिउँसै भन्सार कार्यालयमा बुझाएको छ । चल्ला ल्याउने व्यक्ति र गाडीका चालक भने प्रहरीलाई देख्नासाथ फरार भएका छन् । बरामद् भएको भ्यान छुटाउन राजनैतिक स्तरमा माथिल्लो तहबाट समेत दवाव आएपनि कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरी स्रोतले जनायो ।
बर्डÇलू रोग भित्रिन सक्ने भएकाले सरकारले भारतबाट पंक्षी एवं पंक्षीजन्य चिजहरु आयातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय भारतबाट अवैध रुपले कुखुराका चल्ला आयात गर्ने क्रम तिब्र रुपमा भइरहेको जानकारहरु बताउँछन् । केही दिनअघि पनि सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले भित्रयाइरहेको अवस्थामा १० हजार कुखुराका चल्ला बरामद् गरेको थियो ।
No comments:
Post a Comment