Friday, March 14, 2014

ट्राफिकले फोटो देखायो

ट्राफिकले फोटो देखायो
सर्लाही समाचारदाता
लालबन्दी, फागुन २९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले विहिबार लालबन्दीमा फोटो प्रदर्शनी एवं पर्चा पम्प्लेट वितरण गरेको छ । स्थानीय विभिन्न विद्यालयका सयौं विद्यार्थीहरु सहित सर्वसाधारण एवं चालक, मजदुर लगायतलाई सहभागी गराएर कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । ‘दुर्घटना न्यूनिकरणको लागी ट्राफिक प्रहरी सँगसँगै नागरिक’ भन्ने नाराका साथ बुधबार हरिवनबाट सुरु भएको तीन दिने फोटो प्रदर्शनी एवं पर्चा पम्प्लेट वितरण अभियान अन्तर्गत विहिबार लालबन्दीमा कार्यक्रम भएको हो ।

No comments:

Post a Comment