Thursday, March 6, 2014

सहिद परिवार सम्मानित

सहिद परिवार सम्मानित
सर्लाही समाचारदाता
हरिवन, फागुन २१ । नेकपा–माओवादी सर्लाहीले सहिद सप्ताह अन्तर्गत बुधबार हरिवनमा सहिद परिवारलाई सम्मान गरेको छ ।
माओवादीले गत फागुन १४ गतेदेखि सुरु गरेको सहिद सप्ताह बुधबार सम्पन्न भएको छ । सप्ताह समापनको अवसरमा बुधबार हरिवनमा एक कार्यक्रम गरी ८ जना सहिदका परिवारलाई सम्मान गरिएको छ ।
कार्यक्रमको अवसरमा सर्लाहीको क्षेत्र नम्वर दुई र तीन क्षेत्रका सहिद परिवारका परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको सो पार्टीले जनाएको छ । जिल्ला हेडक्वाटर सदस्य बावुराम योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य चित्र बहादुर आले मगर प्रमुख अतिथी रहेको बताइएको छ ।
त्यस्तै कार्यक्रममा बैकल्पिक केन्द्रीय सदस्य तेज प्रसाद अधिकारी, जिल्ला हेडक्वाटर सदस्य बलराम न्यौपाने, नेतृ रीता मैनाली, बामपन्थी नेता नारायण खपाङ्गी, राज्य समिति सदस्य लेखराम जर्गा मगर लगायतले मन्तव्य राखेका थिए । साथै बैद्य नेतृत्व नेकपा माओवादीको जिल्ला अधिवेशन आगामी २८ र २९ गते हजरीयामा हुने बताइएको छ ।

No comments:

Post a Comment