विदाई एवं पुरस्कार वितरण
सर्लाही समाचारदाता
ढुंग्रेखोला, फागुन २१ । ढुंग्रेखोला–४ स्थित जनता माध्यमिक विद्यालयले बुधबार एक कार्यक्रम बीच आफ्ना विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीलाई विदाई एवं पुरस्कार वितरण गरेको छ ।
विद्यालयको प्रा·णमा भएको उक्त कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीलाई विदाई गरेका थिए । कार्यक्रममा विद्यालयले लिएको कक्षा १० को स्तर निर्धारण परीक्षामा सम्मिलित विद्यार्थीहरु मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरेको थियो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक मिनबहादुर श्रेष्ठको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिकुमार बुढाथोकीको आतिथ्यतामा भएको कार्यक्रम टेकबहादुर राउतले संचालन गरेका थिए भने मनोजप्रसाद खनालले मन्तव्य प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment