Thursday, March 6, 2014

सरसफाई सम्मेलन

सरसफाई सम्मेलन
सर्लाही समाचारदाता
लक्ष्मिपुर, फागुन २१ । सर्लाहीलाई २०७२ साल सम्ममा खुल्ला दिशामुक्त घोषणा गर्नका लागी हाल विभिन्न गाविसहरुमा सरसफाई सम्मेलन गर्ने क्रम तीव्र रुपमा भैरहेको छ ।
यसैक्रममा लक्ष्मीपुर कोद्राह गाविसमा बुधबार गाविस स्तरीय सरसफाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको अवसरमा जनचेतना मूलक कार्यक्रमको साथै ११ बुँदे घोषाणा पत्र समेत जारी गरेको गाविस सचिव सत्यनारायण राउतले जानकारी दिए । सचिव राउतको अध्यक्षतामा भएको कार्यक्रममा नारी उत्थान संघ हरिपुरका अध्यक्ष सुधा चालिसे, विभिन्न राजनीतिक दलका प्रतिनिधी, विभिन्न संघसंस्थाको सहभागितामा रहेको थियो । सम्मेलनले खुल्ला ठाउँमा दिशापिसाव गरे सामाजिक अपराध मानेर पाँच हजार जरिवाना गर्ने निर्णय समेत गरेको छ ।

No comments:

Post a Comment