सर्लाही समाचारदाता
सासापुर, फागुन १९ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सासापुरको गणेश चोकमा सोमबार विहान विरामी बोकेर वीरगंजतर्फ गईरहेको एक एम्बुलेन्स पल्टदा एम्बुलेन्स चालक सहित थप चारजना घाइते भएका छन् । बिरामी बोकेर वीरगंजतर्फ हिडेको एम्बुलेन्स आफै सडकबाट दुई बल्ड्याङ खाँदै तल खस्दा क्षतिग्रस्त बनेको थियो ।
बिहान साँढे ६ बजेतिर रेडक्रस उपशाखा हरिपुरको ज. १ च ६०० नम्बरको एबुलेन्स राजमार्गबाट तल खस्दा पाँचजना घाईते भएका हुन् । पिपरिया गाविस–५ का बिरामी ६० वर्षिय मकसुद शेखलाई उपचारका लागि वीरगंजतर्फ लिएर आउँदै गरेको एम्बुलेन्स पल्टदा विरामी शेख सहित थप चारजना घाईते भएका हुन् ।
दुर्घटनामा परी हरिपुर गाविस–७ का एम्बुलेन्स चालक ४५ वर्षिय वीरबहादुर कार्की, पिपरिया गाविस–५ का ६५ वर्षिय नुसरल्ला खाँ, सोही ठाँउका ३२ वर्षिय महबुब आलम, ५० वर्षिय नाजकुनी शेख समेत घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । घाईतेहरु सबैको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ ।
एक्कासी पेट दुखेका कारण डाइटिबीजका विरामी मकसुद गम्भिर बिरामी बनेपछि हरिपुरको एम्बुलेन्समा वीरगंजतर्फ ल्याईदै गर्दा भएको दुर्घटनामा थप चारजना घाईते भएका हुन् । दुर्घटनाको वास्तविक कारण नखुलेपनि एबुलेन्सबाट साँचोको झुप्पा एक्कासी झरेपछि साँचो टिप्न चालक निहुँरिदा अनियन्त्रित भएर गाडी पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै इलाका प्रहरी कार्यालय हरिवन र नवलपुरको टोलीले घाईतेहरुको उद्धार गरेको थियो । घाईतेहरुलाई नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि वीरगंजतर्फ लगिएको छ । चालकको सामान्य गल्तीका कारण एकजना बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा थप चारजना घाईते भएका छन् ।
No comments:
Post a Comment