Thursday, March 6, 2014

सामाजिक परिचालकले तलब पाएनन्

सामाजिक परिचालकले तलब पाएनन्
सर्लाही समाचारदाता
मलंगवा, फागुन २० । सर्लाहीको विभिन्न गाविसहरुमा कार्यरत सामाजिक परिचालकहरुले लामो समय देखि तलब नपाएको गुनासो गरेका छन् ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत जिल्लामा कार्यरत सामाजिक परिचालकहरुले तलव नपाएको गुनासो गरेका हुन् । सम्झौता पत्र अनुसार एक–एक महिनामा तलव पाउनु पर्ने भएपनि कात्तिकदेखि तलव नपाएको उनीहरुको गुनासो छ ।
जिल्ला विकास समिति मार्फत आफुहरुको नेपाल राष्ट्र बैंकमा तलव जम्मा हुने गरेको भएपनि पाँच महिना लागि सक्दा समेत तलव प्राप्त नभएको एक सामाजिक परिचालकले गुनासो गरे ।
९९ गाविस मध्ये दुई गाविस बाहेक ९७ गाविसमा एक–एक जना सामाजिक परिचालक कार्यरत रहेका छन् । स्थानीय विकास अधिकारी उमेश बस्नेतले मन्त्रालयबाट थप नयाँ कार्यक्रम लागु गर्ने तयारी भएकाले तलव निकासीमा केहि ढिलो भएको बताए ।

No comments:

Post a Comment