अबैध घरेलु मदिरा नष्ट
सर्लाही समाचारदाता
मलंगवा, फागुन २० । सदरमुकाम मलंगवामा मंगलबार बिहान प्रहरीले ५० लिटर घरेलु मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट हवल्दार देवेन्द्र मंडलको नेतृत्वमा गएको टोलीले कृष्णदेवी मा.वि चौकमा घरेलु मदिरा बरामद गरेको हो । मलंगवा नाकाबाट मदिरा भारतको सोनबर्षा लैजाने क्रममा बरामत गरिएको प्रहरीले जनाएको छ । सर्लाहीको ग्रमीण क्षेत्रबाट घरेलु मदिरा ओसार पोसार हुदै आएको स्थानीय सर्वसाधारणको भनाई छ । बरामद गरिएको मदिरा मंगलबारनै स्थानीय सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले बताएको छ ।
No comments:
Post a Comment