Thursday, March 6, 2014

पेस्तोलको गोली सहित पक्राउ

पेस्तोलको गोली सहित पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, फागुन २० । जिल्ला प्रहरी कार्यालयको एक टोलीले मंगलबार राती गोली सहित एकजनालाई पक्राउ गरेको छ ।
राती ८ बजे मलंगवा नगरपालिका–१० स्थित झिमपुल क्षेत्रबाट नोकेल्वा गाविस–१ सखुवा टोल निवासी बलराम यादवको छोरा वर्ष १८ का मृगेन्द्र यादवलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीका अनुसार विशेष टोलीको चेकजाँचका क्रममा मृगेन्द्रलाई ३ थान गोली सहित पक्राउ गरेको हो ।
९ एमएमको पेस्तोलमा लाग्ने ३ थान गोली सहित मृगेन्द्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना. १६ प २६०३ नम्बरको प्यासन प्रो मोटरसाईकलमा नोकेल्बाबाट मलंगवातर्फ आईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओलीले बताए । पक्राउ परेका अभियुक्त बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment