मलंगवा जेसिज अध्यक्षमा गुप्ता
सर्लाही समाचारदाता
मलंगवा, माघ ०४ । मलंगवा जेसिजको अध्यक्षमा सुनिलकुमार गुप्ता चयन भएका छन् ।
शनिबार सदरमुकाम मलंगवामा भएको साधारण सभाले सन् २०१४ का लागि गुप्तालाई अध्यक्षमा चयन गरेको हो । जेसिजको कार्यकारिणी उपाध्यक्षमा विकास अग्रवाल र अनिलकुमार रौंनियार एवं उपाध्यक्षहरुमा राजनहरि श्रेष्ठ, पुष्प श्रेष्ठ, हरिशंकरप्रसाद साह र रमेश अधिकारीलाई चयन भएका छन् ।
जेसिज बोर्डिङ स्कुल प्रांगणमा भएको सभाले निर्विरोध रुपमा नयाँ नेतृत्व चयन गरेको नव निर्वाचित अध्यक्ष गुप्ताले बताए । नयाँ जिम्मेवारी अनुसार जेसिजलाई अगाडी बढाउन आफू क्रिायशिल हुने गुप्ताले प्रतिबद्धता जनाए । गुप्ताका अनुसार केही दिनपछि जेसिजमा सदस्यहरु पनि मनोनित गरिने छ ।
No comments:
Post a Comment