कुटपिटबाट आधादर्जन विद्यार्थी घाईते
सर्लाही समाचारदाता
नवलपुर, पुस २२ । नेत्रगन्ज ७ मा रहेको लिटल फ्लावर बोडिङ स्कुलका एक शिक्षकले सोमवार विद्यार्थीहरुलाई कुटपिट गरेर घाईते बनाएका छन् । दार्जिलिङ घर भई हाल विद्यालयमा गणित विषय अध्यापन गर्दै आएका शिक्षक प्रणय लामाको कुटाईबाट विद्यालयका आधा दर्जन भन्दा बढी विद्यार्थीहरु घाईते भएका हुन् । विद्यार्थीहरुलाई विद्यालय पोषाकमा नआएको भन्दै शिक्षक लामाले कुटपिट गर्दा केहि विद्यार्थीहरुको हात खुट्टामा निलडाम बसेको छ । घाइते विद्यार्थीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो ।
चिसोका कारण विद्यार्थीहरुले बाहिरी भागमा अन्य कुटपिट पोषाक लगाएर गएको अभिभावकहरुको भनाई छ । विद्यालयका प्रधानााध्यापक ले नै बाहिरबाट जुन पोषाक लाएर आएपनि हुने भनेको भएपनि शिक्षक लामाले भने एक्कासी अन्य पोषकमा विद्यालयमा आएको भन्दै कुटपिट गरेको विद्यार्थीहरुको भनाई छ ।
यसैविच विद्यार्थीहरुले सोमवार ईलाका प्रहरी कार्यालय नवलपुरमा शिक्षक लामालाई कारवाहीको माग गराएका छन् । शिक्षकको कुटाईबाट विद्यार्थीहरु आकास वाईवा, सिमान मिक्चन, आईफ मिकरानी, सुवोध घिसिङ लगायत विद्यार्थीहरु घाईते भएका छन् ।
No comments:
Post a Comment