लालबन्दीमा ठाकुर
सर्लाही समाचारदाता
लालबन्दी, माघ ०४ । लालबन्दी गाविसको कार्यालयमा नयाँ प्रमुखको रुपमा शम्भु ठाकुरले कार्यभार सम्हालेका छन् ।
जिल्ला शिक्षा कार्यालय मलंगवामा कार्यरत ठाकुरको केही समयअघि गाविसको कार्यालय लालबन्दीको सचिवको रुपमा सरुवा भएको थियो । उनले गत शुक्रबारबाट लालबन्दी गाविस सचिवको जिम्मेवारी सम्हालेका हुन् ।
आन्तरिक आम्दानी बढी भएका तथा जनसंख्या, विकास निर्माण लगायतका आधारमा स्थानीय विकास मन्त्रालयले जिल्ला स्थित लालबन्दी, हरिवन, इश्वरपुर र बरहथवामा अधिकृत स्तरका कर्मचारीलाई सचिवको रुपमा खटाउने निर्णय गरेको थियो । सोही अनुसार लालबन्दीमा ठाकुरले जिम्मेवारी सम्हालेका हुन् । बरहथवामा भने झण्डै महिना दिनअघि नै घनश्याम खड्काले सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
हरिवन र इश्वरपुरमा भने अधिकृत स्तरका कर्मचारीले जिम्मेवारी सम्हाल्न बाँकी रहेको गाविस कार्यालयले जनाएका छन् । हरिवनमा केदार दाहाल र इश्वरपुरमा मदन थिङले गाविस सचिवको रुपमा जिम्मेवारी निर्वाह गर्ने निश्चित भईसकेको छ ।
No comments:
Post a Comment