Thursday, March 6, 2014

न्यौपानेलाई सर्लाही पत्रकारिता पुरस्कार

न्यौपानेलाई सर्लाही पत्रकारिता पुरस्कार
सर्लाही समाचारदाता
मलंगवा, फागुन २२ । पत्रकारिता विकास प्रतिष्ठानद्वारा स्थापीत ‘सर्लाही पत्रकारिता पुरस्कार’ यसवर्ष नेपाल टेलिभिजनका रोशन न्यौपानेले प्राप्त गरेका छन् ।
विहिबार सदरमुकाम मलंगवामा प्रतिष्ठानको १४औं वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबीच पत्रकार न्यौपानेलाई १० हजार राशीको पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायधिश कृष्णकमल अधिकारीले सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कृत पत्रकार छनौट गर्न प्रतिष्ठानले गैर सरकारी संस्था समन्वय समितिका अध्यक्ष रजनीकान्त झाको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । समितिमा महिला नेतृ भवानी कोइराला र शिक्षक युनियनका अध्यक्ष नवलकिशोर राय सदस्यका रुपमा रहेका थिए । सोही समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश मिश्रले बताए । पत्रकारिता क्षेत्रमा देखिएको निरन्तरता, क्रियाशिलता, लामो अुनभव लगायतका आधारमा न्यौपानेलाई पुरस्कारका लागि छनौट गरिएको छनौट समितिका संयोजक झा एवं सदस्य कोइरालाले बताए । पुरस्कृत न्यौपानेले पुरस्कार पाएपछि पत्रकारिता क्षेत्रमा थप सशक्त र जिम्मेवार ढंगले अगाडी बढ्न प्रोत्साहन मिलेको बताए । पत्रकारिताको क्षेत्रमा सर्लाहीमा क्रियाशिल एकजना पत्रकारलाई प्रतिष्ठानले हरेक वर्ष १० हजार राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

No comments:

Post a Comment