हरिवन प्रहरीद्वारा गाँजा बरामद्
सर्लाही समाचारदाता
हरिवन, फागुन २२ । इलाका प्रहरी कार्यालय हरिवनको टोलीले बुधबार राती वेवारिसे अवस्थामा रहेको करिब २५ किलो गाँजा बरामद् गरेको छ ।
प्रहरी निरीक्षक महेश थापाका अनुसार राती ११ बजेतिर हरिवन बजारको पश्चिम लच्का नजिक सडक किनारमा फालिएको अवस्थामा गाँजाको पोका बरामद् गरिएको हो । गस्तीका क्रममा हिडिरहेको अवस्थामा सडक किनारमा शंकास्पद् पोको देखिएपछि चेकजाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्लाष्टिकमा ‘प्याकिङ’ गरेर बोरामा हालिएको गाँजा त्यसका कारोबारीहरुले सप्लाई गर्न नसक्ने देखिएपछि फालेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । भारतीय बजारमा किनबेच हुने मूल्य अनुसार उक्त गाँजा डेढ लाखभन्दा बढीको भएको प्रहरी स्रोतले बतायो ।
त्यस्तै बुधबार साँझ नै इलाका प्रहरी कार्यालयको टोलीले ४० लिटर घरेलु मदिरा बरामद् गरेको छ । बरामद् गाँजा र घरेलु मदिरा स्थानीय सरोकारवालाहरुको उपस्थितीमा नष्ट गरेको छ । मदिरा पोखेर तथा गाँजा जलाएर नष्ट पारिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । नष्ट गर्ने समयमा गाविस कार्यालय हरिवन, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय भद्रभलाद्मी, समाजसेवी लगायतको उपस्थिती रहेको प्रहरीले जनायो ।
No comments:
Post a Comment